नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई पत्र लेखेका छन्। प्रवक्ता शर्माले मुख्यमन्त्री पोखरेललाई सुझावसहित शुभकामना दिँदै पत्र लेखेका हुन।
प्रवक्ता शर्माले पत्रमा लेखेका छन्, ‘‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनसिल छ!’
प्रवक्ता शर्माले मुख्यमन्त्री नेपालीको कर्मसँग पार्टीको आगामी छवि जोडिएको स्मरण गराए। ‘त्यसैले छाँयाको होइन ऐनाको सुझाव लिनोस,’ उनले. लेखेको पत्रमा उल्लेख छ।