प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। उनले अपराह्नसम्ममा आफुासँग रहेका ७ वटा मन्त्रालयहरुका लागि मन्त्री तोक्दै मन्त्रिपरिषद विस्तार को तयारी गरेका हुन्। राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ।
यसैविच केहि सम्भावित मन्त्रीहरुको नाम अगाडी आएको छ। बालुवाटारनिकट श्रोतका अनुसार प्रधानमन्त्री ओलीले सुचना तथा सञ्चारमन्त्रीमा पुर्व गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई ल्याउने तयारी गरेका छन्। यस्तै खगराज अधिकारीलाई गृहमन्त्री, नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँलाई विनाविभागीय मन्त्री, ज्वालाकुमारी साहलाई कृषि मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री र आशा विकलाई वन राज्यमन्त्री बनाउने तयारी भइरहेको छ।