संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपाली काँग्रेसमाथी एमाले र जसपालाई विभाजन गराउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। उनले त्यसैकारण काँग्रेसले प्रधानमन्त्री पदका लागि गरेको बताए।
र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली काँग्रेसजस्तो आफुलाई बहुलबादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरुको घर झगडा गराएर यो खालको काममा लाग्ने कुरा एकदम गलत कुरा हो,’ संविधानको धारा ७६ (५) को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने बताउँदै मन्त्री ढकालले भने, ‘दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली काँग्रेसका नेतृत्वले भन्न सक्छ? यो भन्दा गैर लोकतान्त्रिक कुरा अरु केही हुनसक्छ जस्तो मलाई लाग्दैन।’
‘धारा ७६ (५) लाई मान्छेहरुले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका उनले बताए। मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए। सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने पनि उनले बताए।