सर्वोच्च अदालतले नेकपाको अस्तित्व मेटाइदिएर नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई पुर्ववत अवस्थामा फर्कादिदाँ रामबहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा उभिए। आफ्नो पार्टी माओवादी केन्द्र छोडेर उनी नेकपा एमालेमा बसेका थिए। यहि क्रममा माओवादी केन्द्रले बादललाई कारवाही गर्दै राष्ट्रिय सभा सदस्यबाट हटाइदियो।
बादल हटेपछी खाली रहेको राष्ट्रिय सभा सदस्य पदका लागि भोली उपनिर्वाचन हुँदैछ। यो उपनिर्वाचनमा नेकपा एमालेले फेरी बादललाई नै उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराईको साझा उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटा कलम चुनाव चिन्हको साथ चुनावी मैदानमा छन्। देवकोटाले उम्मेदवारी दिँदा एमालेका माधवकुमार नेपाल पक्षले पनि उनलाई समर्थन गरेको थियो।
अहिले परिस्थिती बदलिएको छ। लगभग फुटको संघारमा रहेको नेकपा एमाले अहिले एकता जोगाउने प्रयासमा जुटेको छ। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबिच भएको चरणबद्ध छलफलले तत्कालका लागि एमालेलाई फुटबाट जोगाएको थियो। त्यसैले बादलले उपनिर्वाचनमा सहज जित निकाल्ने सबैले अनुमान गरेका थिए।
तर, अहिले अवस्था जटिल बन्दै गएको छ। मगंलबार विकसित घटनाक्रमले बादलको जित मुश्किल बनाएको छ। मगंलबार उपनिर्वाचनमा सहयोग माग्न बादल नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगे। केहिबेरको भलाकुसारी सकेर निस्किएपछी बादलको सचिवाललयले माधवकुमार नेपालले आफूलाई सघाउने प्रतिबद्धता जाहेर गरेको जानकारी गरायो। तर, त्यसको केहिबेरमै नेता नेपालको सचिवालयले त्यो दाबीको खण्डन गरिदियो र भन्यो ‘बादललाई सघाउने कुरा भ्रामक हो, मतदाताहरुलाई स्विविवेक प्रयोग गर्न भनेका छौं।’
घुमाउरो तरिकाले माधवकुमार नेपालले आफूहरु डा. देवकोटाकै पक्षमा रहेको स्पष्ट पारिदिए। यो अवस्थामा बादलको जित झन् मुश्किल परेको हो। आफ्नै पार्टीको मत पाउने सुनिश्चत नहुँदा बादलको चिन्ता अवश्य बढेको छ। यतिमात्र होइन एमालेभित्रैबाट उनलाई हराउनका लागि चलखेल समेत हुनसक्ने संकेत देखिन्छ।
बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेको ओलीले रोकेको खिल बोकेर अष्टलक्ष्मी शाक्य टोली बनाएर हेटौडा पुगीसकिन्। ओलीप्रतिको आक्रोश उनले पक्कै बादलमाथी नै पोख्नेछिन्।
बादल माओवादीबाट हालसालै एमाले छिरेका नेता हुन्। र अहिले उनी अध्यक्ष ओलीको निकटतम् र विश्वासपात्रको रुपमा चिनन्छिन्। एमालेमा गुटमात्र होइन उपगुट पनि हाबी छ। ओली गुट पनि विभिन्न चिरामाा विभाजित छ। यस्तो अवस्थामा बादलले उपनिर्वाचन जित्दा उनी पार्टीभित्र बलियो बन्नेछन् भने सरकारमा पनि उनको प्रभाव रहिरहनेछ। यस्तो अवस्थामा बादललाई कमजोर बनाउन ओली खेमाकै ईश्वर पोखरेल लगायतका नेताहरुले चलखेल गर्न सक्ने आँकलन भइरहेका छन्।
धर्मसंकटमा ओली
उपनिर्वानकका कारण ओली पनि धर्मसंकटमा परेका छन्। एकातिर पार्टी जोगाउनुपर्ने अर्कातिर आफूलाई मुश्किल पर्दा साथ दिएका बादल फकाउनुपर्ने। निकै मुश्किलमा देखिएका छन् ओली।
माधव कुमार नेपालले नै खडा गरेका उम्मेदवार हुन डा. देवकोटा। त्यसैले माधव नेपाल देवकोटा जिताउन लाग्ने नै छन्। तर, ओलीले यसको कडा प्रतिवाद गर्न सक्ने अवस्थामा छैनन्। बल्लतल्ल्ल माधवलाई फकाएर कुर्सी जोगाएका ओली फेरी रिस्क लिने मुडमा छैनन्। राष्ट्रिय सभाको एक सिटले उनलाई केहि फरक पर्ने पनि होइन, राष्ट्रिय सभामा एमालेको स्पष्ट बहुमत छँदैछ।
त्यसैपनि अहिले हुन लागेको निर्वाचनको सिट पनि एमालेको थिएन। त्यसैले त्यो नपाउँदा पनि ओलीलाई तात्विक असर पर्ने छैन। तर, माधव नेपाल चिँडिदा भने उनको सरकार नै ढल्न सक्छ। त्यसैले बादलको हार आफ्नै पार्टी एमालेको कारणले हुनसक्छ।