नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपाललगायत नेताहरु सम्मिलित छलफल सकिएको छ। सिहंदरबारमा भएको छलफल करिव ३ घण्टा चलेको थियो।
छलफलपछी एमाले नेता भिम रावलले छलफलमा विभिन्न विषयहरुमाथी गम्भिरतापुर्वक छलफल भएको छोटो प्रतिकृया दिए। ‘गम्भिरतापुर्वक छलफल गर्यौ,’ नेता राववले भने, ‘२०७५ साल जेठ २ गतेभन्दा अगाडीको कुरालाई आधार मानेर अरु छलफलहरु अघि बढाउने कुरा भएको छ।’
यसका लागि पार्टी अध्यक्ष ओली र नेता नेपालले कार्यदल बनाएर अघि बढ्ने बिषयमा थप कुराकानी भएको नेता रावलले प्रतिकृया दिए। ‘उहाँहरुले कार्यदलका सदस्यहरुको नाम तय गर्ने र तुरुन्त छलफल अघि बढाउने तय भएको छ,’ उनले भने।