काठमाडौं– भर्खरै वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग खेलेर फर्किएका सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग टी–ट्वान्टी खेल्नका लागि यूएई पुगेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लामिछाने सोमबार राति यूएई पुका हुन् ।
यो सिजनको आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुने छ । आईपीएलको यो सिजनमा सन्दीपको टिम लिल्लीले किङ्स इलाभेन पन्जाबसँग सेप्टेम्बर २० मा पहिलो खेल खेल्ने छ ।
सीपीएलमा उत्कृष्ठ प्रदर्शन गरेर फर्किएका सन्दीप यूएई पुगेर सेल्फ क्वारेन्टिनमा बसेका छन् । सीपीएलका ११ खेल खेलेका सन्दीपले १२ विकेट लिएका थिए ।