काठमाडौं– अब जिल्ला प्रशासन कार्यालयबाट पाइने सवारी पास नपाइने भएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई कोरोना भाइरसको संक्रमण तीव्र गति बढ्न थालेको भन्दै सवारी पास वितरण गर्न बन्द गर्न निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयलाई समेत बोधार्थ गरी बुधबार जिल्ला प्रशासन पत्राचार गर्दै गर्दै अर्को निर्देशक नआउन्जेल सवारी पास वितरण बन्द गर्न भनेको छ ।
यो निर्देशन विहिबारदेखि लागू हुनेछ । मन्त्रालयको पत्रमा नेपाल सरकार मन्त्रीपरिषदको विभिन्न मितिमा भएको निर्णय र यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा यो निर्णय गरेको उल्लेख छ ।
