काठमाडौं– काठमाडौँ उपत्यकाका थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका केहि प्रहरीमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब सङ्कलन गरि परिक्षणका लागि पठाईएको थियो । परिक्षणका क्रममा शुक्रबार थप १८ जनामा संक्रम देखिएको हो ।
यो सहित काठमाडौं उपत्यकामा मात्रै ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यका बाहिर २५० जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ३२२ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।
कोरोना पुष्टि भएकामध्ये १०१ जना निको भएर घर फर्किसकेका छन् । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।