काठमाडाैं - साउन १ गतेदेखि साझा बस सञ्चालन गर्ने तयारी भएकाे छ । सरकारले सार्वजनिक यातायत सञ्चालन गर्न दिने निर्णय गरेसँगै साझा यातायातले पनि बस सञ्चालन गर्ने तयारी थालेको हाे ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् । उनले साझा बस सडकमा आउन अब प्रतीक्षा नगर्ने बताएका छन् ।
सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरे पनि साझा यातायातले बस चलाउने भएकाे छ ।