एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेडले बराबरी खेलेका छन्। आइतबार राति भएको खेलमा ३–३ गोलको बराबरी खल्दै दुबै टिमले अंक बाँडेका हुन्।
सेफिल्ड युनाइटेडको लागि जोन फ्लेक, ल्यास मोउसेट र ओलिभर म्याकब्रुनीले गोल गरेका थिए भने म्यानचेस्टर युनाइटेडका ब्रान्डन विलियम्स, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरको थिए। घरेलु टोली सेफिल्डले खेलको १९ औं मिनेटमा शुरुवाती अग्रता बनाएको थियो। उसका लागि जोन फ्लेकले गोल गरेका थिए।
पहिलो हाफमा एक गोल गरेको सेफिल्डले दोस्रो हाफको ५२ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो। दोस्रो गोल ल्यास मोउसेटले गरेका थिए। २ गोलले पछि परेको युनाइटेड खेलमा दबाबामा परेपनि कमब्याक गर्दै बराबरी खेल्न सफल भयो। ७२औं मिनेटमा ब्रान्डन विलियम्सले गोल गर्दै युनाइटेडलाई सम्हालेका थिए। त्यसको पाँच मिनेटपपछि नै पुनः गोल गर्दै युनाइटेड खेलमा फर्कियो। युनाइटेडका लागि ग्रीनवुडले गोल गरेका थिए।
त्यपसछि ७९औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई जितको मुखमा धकेलेका थिए। तर ९० औं मिनेटमा सेफिल्डका ओलिभरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीसँगै सेफिल्ड १३ खेलबाट १८ अंक जोडेर छैटौ स्थानमा रहेको छ। युनाइटेड १७ अंकसहित नवौं स्थानमा छ।