एजेन्सी– पश्चिमी केन्यामा लगातार भारी बर्षाको कारण बाढी पहिरो आएर ३४ जनाको मृत्यु भएको छ। केन्याको गृह मन्त्री फ्रेड मातिआंगीले पोकोट सेंट्रल जिल्ला को नजीक तकमाल भनिने क्षेत्रमा बाढीका कारण १७ जनाको मुत्यु भएको जनाएका छन्।
दक्षिणी पोकोटको परुवा र तपाच गाँउमा पहिरो कारण १२ जनाको मृत्यु भएकोे छ। पश्चिमी पोकोट काउंटीको कमिश्नर ओकेलोको अनुसार दुई नदीमा बाढी आएपछि अवस्था अनियन्त्रित भएको थियो। कीटाले र लोडवारको बीच एउटा कार पनि डुबेर अन्य ५ जनाको मुत्यु भएको छ।
पूर्वी अफ्रीकामा अधिक बर्षाको कारण बाढी बढेको हो। यस बाढीले पूर्वी अफ्रीकाका १० लाख भन्दा बढी स्थानीयलाई प्रभाव पारेको छ। बाढीले करोडौं बराबरको क्षती पु¥याएको छ। बर्षाको कारण आउने प्रकोपमा परेर एक महिनाको अन्तरमा ७२ जनाले ज्यान गुमाएका छन्।
मौमस वैज्ञानिकहरुले सोमालिया, दक्षिणी सूडान र केन्याको थुर्पै क्षेत्रमा ४–६ हप्तासम्म लगातार वर्षा हुने अनुमान गरेका छन्। इन्टरनेशनल रेसक्यू कमिटी को अनुसार यो क्षेत्रमा पहिला खडेरी लागेको थियो। जसको कारण त्यतीबेला पनि स्थानिय प्रभावित भएका थिए। हाल सोमालिया, सूडान र केन्यामा भीषण बर्षा भइरहेको छ। केन्याको १०० फीसदी कृषि बर्षामा निर्भर छन्।