एजेन्सी– स्पेनिस ला लिगामा रियाल मड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा रियवलले रियल सोसिडाडलाई ३–१ गोलले पराजित गरेको हो।
सोसिडाडविरुद्ध घरेलु मैदानमा उत्रिएको रियाललाई जिताउन करिम बेन्जेमा, फेडरिको भालभेर्डे र लुका मोड्रिचले गोल गरेका थिए। विलियन जोसेले सोसिडाडको तर्फबाट सात्वना गोल गरेका थिए।
पाहुना टोली सोसिडाडले खेलको दुई मिनेटमा शुरुवाती अग्रता बनाएको थियो। उसका लागि विलियन जोसेले गोल गरेका थिए। घरेलु मैदानमा पछि परेको रियाल दबाबमा परेको थियो खेलका फर्कन उसले ३७ औं मिनेट कुर्नुपरेको थियो। ३७ औं मिनेटमा करिम बेन्जेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। उनले मोड्रिचको पासको सनुपयोग गरेका थिए।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले थप २ गोल गरेको हो। खेलको दोस्रो हाफ शुरु भए लगतै फेडेरिको भालभेर्डेले गोल गर्दा रिययले एक गोलको अग्रता बनायो। त्यस्तै ७४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियाललको जित निश्चि गरे। उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए।
यस जितसँगै रियालले शीर्षस्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ। रियालको १३ खेलबाट २८ अंक रहेपनि गोल अन्तरमा दोस्रो स्थानमा छ। पराजित सोसिडाड १४ खेलबाट २३ अंक जोडेर अंक जोडेर पाँचौ स्थानमा छ।