एजेन्सी, १५ माघ – कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउँदो बुधबार चीनको दुई दिवसीय औपचारिक भ्रमणमा जाने भएका छन्।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यो भ्रमण हुन लागेको चिनीया विदेश मन्त्रालयले जनाएको छ। छिमेकी देशहरुको नाकाबन्दी भोग्दै आएको अरबी मुलुक कतारका अमिरको शक्तिशाली राष्ट्र चीनको भ्रमणलाई महत्वका साथ हेरिएको छ।
सन् १९८० को जुन ३ मा कतारको राजधानी दोहामा जन्मिएका तमिम सन् २०१३ मा अमिर बनेका थिए। उनले १९९८ मा बेलायतको शाही सैन्य प्रतिष्ठानबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।