एजेन्सी– पछिलो एक हप्तादेखी भारतको महाराष्ट्रमा सरकार बनाउनको लागि अलक–अलक पार्टीले कोसिस गरिरहेको बेलामा भारतीय जनता पार्टी (भाजपा) ले जित हासिल गरेको छ। महाराष्ट्रको मुख्यमन्त्रीमा भाजपाको विधायक दलका नेता देवेन्द्र फडणवीसले सपथ लिएका छन्।
एक दिनअघि शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति भएको थियो। एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएको हो।
हालै भएको विधानसभा चुनावमा भाजपा राज्यको ठूलो पार्टी बनेको थियो तर उसले बहुमत ल्याउन सकेको थिएन। भाजपासँग कुरा नमिलेपछि दोस्रो ठूलो पार्टी शिवसेनाले एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयास गरेको थियो।
एनसिपीले रातभरमा मन बदलेर भाजपालाई समर्थन गरेपछि देवेन्द्र पुनः महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन्। एनसिपीका नेता अजित पवारले उप–मुख्यमन्त्रीको सपथ लिएका छन्। राजनीतिक घटनाक्रमले नाटकीय रुप लिनु भन्दा तिन दिन अघि २० डिसेम्बरमा संसद भवनमा एनसिपी प्रमुख शरद पवारले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए।
एक दिनअघि शिव सेना, एनसिपी र कांग्रेस नेताबिच शिव सेनाका उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउने विषयमा सहमति भएको थियो। एनसिपी सो सहमतिबाट पछि हटेर भाजपा तिर गएको हो। सपथ ग्रहण गरेलगतै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर देवेन्द्र फडणवीस र अजित पवारलाई बधाई दिएका छन्। दुवै नेता मिलेर महाराष्ट्रको भविष्यका लागि काम गर्नेमा प्रधानमन्त्री मोदीले विश्वास पनि व्यक्त गरेका छन्।
उपमुख्यमन्त्रीको सपथ लिएका अजित पवारले महाराष्ट्रका समस्या समाधानका लागि स्थायी सरकार चाहिएको र त्यसकै लागि आफूहरुले भाजपासँग मिलेर सरकार बनाएको बताएका छन्।