एजेन्सी– यूएईमा जारी टी–१० लिगको शुक्रबारको खेलमा नेपाली पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने एकअर्काविरुद्ध मैदान उत्रने अनुमान गरिएको थियो। तर टिम अबुधावी र कर्नटका टस्कर्सबीचको खेलमा पारस खड्का मैदानमा खेल्दै गर्दा सन्दीप लामिछाने मैदानबाहिर बस्न बाध्य भए।
टिम अबुधावीमा आबद्ध भएका पारस पछिल्ला तीन खेलमा लगातार मैदानबाहिर थिए भने कर्नटकामा आबद्ध भएका सन्दीप सबै खेलमा सहभागि भएका थिए। यसकारण शुक्रबारको खेलमा धेरैले सन्दीप प्लेइङ ११ मा पर्ने तर पारस नपर्न सक्ने अनुमान गरेका थिए।
तर दुबै टिमले प्लेइङ ११ सार्वजनिक गर्दा त्यस्को उल्टो भयो। सन्दीपलाई कर्नटकाले नखेलाउने निर्णय गर्याे भने अबुधावीबाट पारस खेल्ने निश्चित भयो।
पारसको टिमले पहिले ब्याटिङ गरेपनि पारसले ब्याटिङ गर्न पाएनन्। उक्त उनको टिम अबुधावीले सन्दीपको टिम कर्नटकालाई पराजित ग¥यो। पारसले उक्त खेलमा बलिङ गर्ने मौका पाए। उनले २ ओभरमा ३० रन खर्चिएर १ विकेट हात पारे। उता सन्दीप भने मैदानबाहिर बस्न बाध्य भए।