एजेन्सी– भारतको मध्य प्रदेशको अनूपपुर जिल्लामा एक महिलाले श्रिमानको हत्या गरेर लासलाई भान्सा कोठामा गाडेको पाइएको छ। उनले एक महिना देखी त्यही कोठामा श्रीमानको शव गाडेको ठाउँमाथी चूल्हो बनाएर खाना पकाउँदै आएकी थिइन्।
३२ बर्षियाकी प्रमिलाले आफ्नो वकिल पती महेश बैनेवालको हत्या गरेकी हुन्। बुधबार अनूपपुर जिल्लाको प्रहरीले उनलाई श्रीमानको हत्याको आरोपा प्रक्राउ गरेको छ। प्रमिलाले महेशको हत्या गरी २२ अक्टूबरमा पति हराएको उजुरी अमरकंटक प्रहरी चौकीमा दिएकी थिइन्।
मृतकको दाई अर्जुन बैनेवालले प्रहरीसँग उनको भाई महेशको घरमा दुर्गन्ध आइरहेको बताए। अमरकंटक चौकीका एसएचओ भानू प्रताप सिंहका अनुसार त्यही सुचनाको आधारमा आफ्नो टोलीको साथ मृतकको घर पुग्दा भान्सा कोठाबाट दुर्गन्ध आइरहेको थियो। त्यहीँ दुर्गन्ध आएको ठाउमा खनेर हेर्दा लास फेला पर्यो।
प्रमिलाले बयानमा आफ्नो पति र जेठाजु गंगाराम बैनेवालको श्रीमतीको बिच अवैध सम्बन्ध रहेको कारण जेठाजु गंगारामसँग मिलेर आफ्नै श्रिमानको हत्या गर्ने योजना बनाएको बताएकी छिन्। तर गंगारामले भने यो आरोपलाई स्विकारेका छैनन्। यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। महेश र प्रमिलाको चार जना छोरीहरु छन्।