काठमाडौं– शुक्रबार काठमाडौंको स्वयम्भूबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली सुरु भएको छ। बिहान ८ बजे राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले टर्च बालेर ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्रा्ष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्धारा नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघको समन्वयमा टर्च र्यालीको आयोजना गरिएको हो।मंसिर १५ गतेदेखि नेपालमा सुरु हुन लागेको सागको ओलम्पिक टर्च र्याली १३ जना ओलम्पियनले देशका प्रमुख सहरमा र्पुयाइने भएको छ।
सागको ओलम्पिक टर्च र्यालीमा नेपालका चर्चित ओलम्पियन वैकुण्ठ मानन्धर, दीपक विष्ट, जितबहादुर केसी, राजेन्द्र भण्डारी, नयना शाक्य, उमेश मास्के, देवु थापा, ज्ञानबहादुर बोहरा, टीकाराम श्रेष्ठ, राजकुमारी पाण्डे, कान्छीमाया कोजू, मुकुन्दहरि श्रेष्ठ र सागका दोहोरो स्वर्णधारी दीपक श्रेष्ठलगाएतको सहभागी रहेको छ।
नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको अनुसार सातै प्रदेशमा ओलम्पिक टर्च र्याली गरिने छ र यसले सागको प्रचारप्रसारमा सहयोग पर्याउने छ। यो टर्च आज(६) गतेदेखी सुरु भएर नौ दिनसम्म चल्ने र सागको उद्घाटनको दिन मंसिर १५ गते दशरथ रंगशालामा आएर टुङ्गिने छ।
पहिलो दिन टर्च र्याली काठमाडौंबाट विराटनगर र्पुयाइनेछ। दोस्रो दिन विराटनगरबाट धनुषा, तेस्रो दिन, हेटौंडा हुँदै चितवन, चौथो दिन लुम्बिनी हुँदै बुटवल, पाँचौं दिन सुर्खेत हुँदै नेपालगन्ज, छैटौं दिन धनगढी, सातौं दिन धनगढीबाट सागको अर्को आयोजनास्थल पोखरा र आठौं दिन पोखराबाट काठमाडौं ल्याइनेछ। त्यसपछि नवौं दिनको दिन बेलुका ५ बजे प्रतियोगिताको उद्घाटनस्थल दशरथ रंगशाला प्रवेश गराइनेछ।