काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट अन्तरगत खेलमा नेपाल कुवेतसँग पराजित भएको छ।
भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपालविरुद्ध कुवेतका कप्तान बादेर अल अलमोतावाले २८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
नेपाली खेलाडीले रक्षात्मक खेलेपनि गोल फर्काउन सकेनन्। कुवेतले दोस्रो हाफमा गोल गर्ने अवसर पाए पनि थप गोल गर्न सकेन। घरेलु दर्शकमाझ हुनुपर्ने खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानमा खेलाइएको हो। नेपालले यसअघिभन्दा सुधारिएको प्रदर्शन गरेको थियो। यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७–० गोलले पराजित भएको थियो।
यो जितसँगै कुवेतको पाँच खेलबाट १० अंक भएको छ। चौथो स्थानमा रहेको नेपालको तीन अंक छ।