एजेन्सी– श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति गोतावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको र निकट भविष्यमा प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा रहेको वनाएका छन्।
राष्ट्रपति राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन्।
राजापाक्षले लेखेका छन्, ‘भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान छ। सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा छु।’
सोमवार प्रधानमन्त्री ओलीले राष्ट्रपति निर्वा्चित भएलगत्तै उनलाई ट्विटरमार्फत बधाइ दिँदै आफू घनिष्ट सहकार्यका लागि इच्छुक रहेको बताएका थिए।
श्रीलंकाका नवनिर्वा्चित राष्ट्रपति गोतावया राजापाक्षकाे ट्विट