दुबई - नेपाली स्टार लेगस्पिनर सन्दिप लामीछानेले कसिलाे बलिङ गरेपनि अाबुधाबीमा जारी टि-१० लिगमा कर्नाटका टस्कर्सले हार ब्यहाेरेकाे छ। सन्दिपले १ सय १५ रनकाे लक्ष्य पछ्याएकाे बांग्ला टाईगर्सका २ व्याट्सम्यानकाे विकेट हात पारे। खेलमा टस्कर्समाथि टाईगर्सले ५ विकेटकाे फराकीलाे जित हात पार्याे।
२ अाेभर बलिङ गर्ने क्रममा सन्दिपले ९ रन मात्र खर्चिए भने उनकै बलिङमा बांग्लाका एक व्याट्सम्यान रनअाउट पनि भए। उनले १५ बलमा अाक्रामक ४० रन बनाएका अान्द्रे फ्लेचर र ५ बलमा ३ रन बनाएका थिसारा परेराकाे विकेट लिए।
यसअघि कर्नाटकाका लागि जाेनशन चार्लसले २९ बलमा ५७ रन र कप्तान हासिम अमलाले २९ बलमा ४७ रन बनाए। बांग्लाका लागि रिलि राेस्वाेले २२ रन बनाए।