एजेन्सी– दिल्लीका पूर्व सांसद एवं पूर्व क्रिकेटर गौतम गम्भीर हराएको पोस्टर भारतको नयाँ दिल्लीको आइटीओ क्षेत्रका रुखहरुमा टाँसिएको छ।
‘तपाईहरुले यिनलाई काँही देख्नु भएको छ?’ भनेर उक्त पोस्टरमा लेखिएको छ। उनलाई अन्तिमपटक इन्दोरमा जेरी खाँदै गरेको अवस्थामा देखिएको थियो। भारतीय सञ्चारमाध्यमहरुको अनुसार दिल्ली भरिनै अहिले उनको खोजी भइहरकोे छ।
शहरी विकासको संसदीय समितिको दिल्लीमा प्रदुषण माथि भएको एक छलफलमा गम्भीरको सहभागीता थिएनन्। मिटिङमा नगएपछि जब गम्भीरको सामाजिक सञ्जालमा आलोचना भयो तब उनले भनेका थिए ‘मेराका स्वयं बोल्ने हो। यदी मलाई गाली गरेर दिल्लीको प्रदुषण कम हुन्छ भने मलाई बेसरी गालि गर्नुहोस्।’
उनी प्रदुषण नियन्त्रणको बिषयमा भएको मिटिङमा सहभागी नभएपछि मानिसहरुले उनी हराएको सूचनाको पोषटर टाँसिन थालेको हो।