एजेन्सी– भारतले आफ्नो सिमाको सुरक्षा र सेना बलियो बनाउने उद्देश्यले एउटा कदम चालेको छ। भारतले शनिवार पहिलो पटक बैलेस्टिक मिसाइल अग्नि–२ को रात्रिकालीन परीक्षण सफल बनाएको छ। पाकिस्तान चीन एवं दक्षिण एशियाको थुर्पै राष्ट्रहरुले यस मिसाइलको सफल परिक्षण गरिसकेका छन्।
भारतले आफ्नो मिसाइलहरुको परिक्षण तटवर्ती ओडिशाको बंगालको खाडी स्थित चांदीपुरको परिक्षण स्थल एक, दुइ, तीन र अब्दुल कलाम द्वीपबाट चार नम्बर लांचिंग कंपलेक्सबाट गर्दै आएको छ। शनिवार भने अब्दुल कलाम द्वीप को चार नम्बर लांचिंग पैडबाट राती ७ः३२ बजे अग्नि २ मिसाइल को परीक्षण गरिएको थियो। जुन सफल पनि भयो।
रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) को सहयोगले सो मिसाइल सफल भएको छ। उक्त परिक्षणमा डीआरडीओ तथा अन्तरिम परीक्षण परिषद (आइटीआर)का वरिष्ठ वैज्ञानिक एवं अधिकारिहरु पनि सामेल थिए।
आफ्नै राष्ट्रमा बनेको २१ मीटर लामो, १ मीटर मोटो, १७ टन वजन भएको यो मिसाइलले १००० किलोग्रामसम्म विस्फोटक बोक्न सक्छ। यसको मारक क्षमता २००० किलोमीटरसम्म छ।