एजेन्सी– युरोकप छनोट फुटबलमा बेल्जियमले रसियालाई ४–१ को फराकिलो गोल अन्तरले हराएको छ। रसियाविरुद्ध जित निकालेको बेल्जियमले छनोट खेलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ।
बेल्जियमको जितमा कप्तान इडेन हजार्डको दुई गोलत, थोर्गन हजार्ड र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए। रसियाको तर्फबाट जियोर्जी झिकियाले एक गोल फर्काएका थिए। सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा बेल्जियमले १९ औं मिनेटमा थोगर्न हजार्डको गोलबाट हुरुवाती अग्रता बनाएको थियो।
खेलको ३३ औं मिनेटमा इडेन हजार्डले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। त्यस्तै खेलको ४० औं मिनेटमा इडेन हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ३–० को बलियो स्थितिमा पुग्यो। आक्रामक प्रदर्शन गरिरहेको बेल्जियमका लागि ७२ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै ४–० को अग्रता दिलाए। उनले डि ब्रुयनको पासमा गोल गरेका थिए।
रसियाका लागि खेलको ७९ औं मिनेटमा जियोर्जी झिकियाले सान्तवना गोल गरे। जितसँगै अपराजित रहेको बेल्जियमको समूह ‘आइ’ मा ९ खेलबाट २७ अंक रहेको छ। पराजित रसिया समान खेलबाटै २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।