एजेन्सी– भारतीय टिमका भरपर्दा ब्याट्सम्यान मयङ्क अग्रवालले आफ्नो टेष्ट करियरको दोस्रो दोहोरो शतक प्रहार गरेका छन्। बंगलादेशविरुद्धको टेष्ट खेलमा उनले शानदार दोहोरो शतक बनाएका हुन्।
मयङ्कको दोहरो शतकसँगै भारतले बंगलादेशविरुद्ध रनको दुरी बढाएको छ। दाहिने हाते ब्याट्सम्यान मयङ्कले रोहित शर्मा आउट भएपछि धर्मराएको भारतीय टिमलाई पहिले चेतेश्वर पुजारा र त्यसपछि अजिंका राहनेसँग उत्कृष्ट साझेदारी गर्दै सम्हालेका थिए।
उनले दुबैको साथ लामो साझेदारी गर्दै अर्धशतकबाट शतक, शतक बाट १ सय ५० रन गर्दै दोहोरो शतक बनाएका हुन्। मयङ्कले बंगलादेशविरुद्ध ३ सय ३ बलको सामना गर्दै २५ चौका र ५ छक्काको मद्धतमा २ सय २ रन बनाएका थिए।
यससँगै मयङ्कले टेष्ट क्रिकेटमा दोहारो शतक बनाउने मामिलामा सर डन ब्राडम्यानलाई पछि पारेका छन्। सर डन ब्राडम्यानले १३ पारी खेल्दै दोहोरो शतक बनाएका थिए भने मयङ्कले १२ पारीमै दोहोरो शतक बनाउँदै किर्तिमान रचेका हुन्।
विश्व रेकर्ड भने विनोद काम्बलीको नाममा रहेको छ। विनोदले ५ पारीमा नै दोहारो शतक बनाएका थिए।