एजेन्सी– थाइल्यान्डबाट भियतनामका सुपरमार्केटहरूले प्याकेजिङको लागि प्लास्टिकको सट्टा केराका पात प्रयोगमा ल्याउने उपाय भित्र्याएका छन्।
थाइल्यान्डको चियांगमाई स्थित रिम्पि सुपरमार्केटले ल्याएको इको–फ्रेन्डली प्याकेजिङ प्रणलीले फेसबुकमा निकै प्रशंसा कमाइरहेको छ। नेटिजनहरू बीचमा प्रख्यात रहेको सो प्रणलीलाई भियतनामी सुपरमार्केटरहरुले पनि चाँडै पछ्याउन थाले।
चेन, लोटे मार्ट, साइगन सहकारीता र बिग सीलगाएत भियतनामका सबै ठूला सुपरमार्केटहरुले थाई स्टोरको उक्त उपायलाई पाइला पाइला मा पछ्याउन थालेका छन्। भिएनएक्सप्रेस को एक अन्तर्वार्तामा, लोटे मार्ट चेनका एक प्रतिनिधिले उनीहरु अझैँ पनि परीक्षण कै चरणमा रहेको र राष्ट्रव्यापी रुपले नै प्लाष्टिकको प्रयोगलाई प्रतिस्थापन गर्ने योजनामा रहेको बताए। उनीहरुले तरकारी र फलफुलमात्र नभएर मासुसमेत पातमा प्याक गर्दै आएका छन्।
‘मलाई केराको पातमा तरकारीहरु प्याकिङ गरेको देख्दा अझै बढी किन्न मन लाग्छ’, एक स्थानिय ग्राहक (होआ) ले उक्त उपाएको प्रशंसा गर्दै भनिन्, ‘यो उपायले स्थानियहरु वातावरण संरक्षणप्रती अझैँ बढि सचेत हुन्छन् भन्ने मलाई विश्वास छ।’ भिएनएक्स्प्रेस्को अनुसाार यो उपायले प्लास्टिकको प्रयोगलाई न्युनिकरण गर्न भियतनामा महत्वपुर्ण भुमिका खेल्ने छ। पहिला पनि बिग सिले आफ्नो स्टोरमा मकैको पिठो बायोडिग्रेडेबल ब्यागमा प्याक गर्ने गर्थ्यो।
भियतनाम समुद्रमा फोहोर फ्याक्नेमा विश्वकै चौथो नम्बरमा पर्छ। त्यसैले यस्ता प्रयासहरू भियतनामको लागि अत्यन्त महत्तवपुर्ण छ। भर्खरको एक रिपोर्टको अनुसार भियतनामी जनताले प्रति दिन २५०० टन प्लास्टिकको फोहोर फ्याक्ने गरेका छन्। सुपरमार्केटहरुमा प्लास्टिक झोलाको प्रयोगमाथि प्रतिबन्ध लगाउने वा घटाउनेको टे«ण्ड एसिया भरिनै चलीरहेको छ।
हालै दक्षिण कोरियाले डिस्पोजेबल प्लास्टिकको झोलाहरूको प्रयोगमा प्रतिबन्ध लगाएका कारण सुपरमार्केटहरुले ग्राहकहरूलाई पुनः प्रयोगयोग्य कन्टेनरहरू उपलब्ध गराइरहेका छन्। सिंगापुरमा पनि सुपरमार्केटले प्लास्टिक झोलाको प्रयोग घटाउनको लागि जनतालाई प्लास्टिक झोलाको बेफाइदाको बारेमा जानकारी गराउने अभियानहरू चलाउँदै आइरहेको छ।
प्लास्टिक झोलाको प्रयोग न्युनिकरण गर्ने लक्ष्यले ताइवानका पसलहरूले ग्राहकहरूलाई प्लास्टिक झोलाको पैसा लिने गरेका छन्। त्यस्तै, २००८ मा चीनले पातलो प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाएको एक दशकमा प्लास्टिकको झोलाको प्रयोगमा ६० प्रतिशतले गिरावट आएको छ।