एजेन्सी– विद्यार्थीहरुलाई आफ्नो खुटा (गोडा) मालिस गर्न लगाउने भारतकि एक महिला शिक्षकलाई ५ वर्षको सजाय सुनाइएको छ।
भारतीय राज्य महाराष्ट्रको मलकापुरस्थित मूक बधिर स्कूलमा कार्यरत सरकारी शिक्षक शीतल अवचारलाई अदालतले ५ वर्ष कैद र ३० हजार भारतीय रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। शीतलले एक जना छात्रलाई आफ्नो गोडा मालिस गर्न लगाइरहेको भिडियो सन् २०१३ मा सार्वजनिक भएको थियो।
भिडियो सार्वजनिक भएलगतै उनलाई निलम्बन गरिएको थियो। त्यस पछि विद्यालय प्रशासनले शीतलविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो। हाल अदालतले झण्डै ६ वर्षपछि उक्त प्रकरणमा आफ्नो फैसला सुनाएको हो।
अदालतले मुद्दाको पुर्पक्षका क्रममा पीडित विद्यार्थीहरुको समेत बयान लिएको थियो। विद्यार्थीहरुले शीतलले आफ्नो खुट्टा मालिस गर्न लगाउने गरेको र मालिस गर्न नमाने यातना दिने गरेको जानकारी दिएका थिए।