काठमाडौं– नेपाल प्रहरीले विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका २० जना कार्यकतालार्ई पक्राउ गरेको छ। उनीहरुलाई आइतवार माइतिघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
भारतले आफ्नो राजनितिक नक्सामा नेपालको कालापानी तथा लिपुलेकजस्ता भूभाग समेटिएको विरोधमा प्रदर्शन गरिरहेका उनीहरुलाई पक्राउ गरिएको बताइएको छ। उनीहरु नेपालको सीमा मिचिएको विरोधमा प्रदर्शनमा उत्रिएका थिए।
माइतिघरमा नेकपाका महासचिव विप्लवका पुत्र प्रकाशको नेतृत्वमा विरोध कार्यक्रम आयोजना हुन लागेको कार्यक्रममा प्रहरीको बाक्लो उपस्थिति भएका थिए। विद्यालय पढ्ने विद्यार्थीलाई ल्याएर बीचमा विप्लव समूहका कार्यकर्ता नेपालको झन्डासहित विरोधमा उत्रिएका कारण उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ।
पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको छ। याे संख्या अझ बढ्न सक्ने बताइएकाे छ।