एजेन्सी– भारत र बंगालादेशका हजारौं माानिस सामुद्रिक चक्रवात ‘बुलबुल’ का कारण प्रभावित भएका छन्।
बुलबुलले भारतको ओडिशा लगायतका स्थानमा धेरै क्षति पुर्याएको छ त्यस्तै चक्रवातका कारण दुई जनाको मृत्यु ज्यानसमेत भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
शनिबार राति चक्रवातले भारत र बंगलादेशको केही क्षेत्रमा भारी वर्षासमेत भएको थियो। चक्रवातले कोलकता विमानस्थल नै अवरुद्ध भएको थियो।
चक्रवातका कारण रुखहरु लड्दा ओडिसाका कयौं क्षेत्रमा यातायात प्रभावित भएको छ। अहिले यो चक्रवात उत्तर पूर्व तर्फ बढिरहेको र बंगलादेश तर्फ अघि बढिरहेको भारतीय मौसम विभागले जनाएको छ।
बङ्लादेशको मौसम विभागका अनुसार १२० देखि १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीका कारण समुद्रमा उच्च छाल आउने जोखिम हुन्छ।
नेपालको मौसम विभागले बुल–बुल बंगालादेश नजिक रहेको र यो प्रणालि हाल उत्तरपुर्वी दिशातर्फ बढ्ने देखिएको जानकारी दिएको छ। तर यसको असर नेपालमा भने नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चक्रवात बंगलादेशको उत्तरपूर्वी भूभागबाट बाहिरिने भएकाले यसको असर नेपालमा पर्ने सम्भावना नभएको मौसमविभागले बताएको छ।