एजेन्सी– शनिबार साधारण सेयर आह्वान (आईपीओ)का लागि साउदी अराम्कोले जारी गरेको विवरणअनुसार साधारण सेयरका सबै रेकर्ड तोड्ने देखिएको छ। विश्वकै सबैभन्दा नाफामूलक कम्पनी अराम्कोको सेयरमा सर्वसाधारणलाई लगानी गर्ने अवसर दिएपछि यस्तो अवस्था आउने देखिएको हो।
साउदी अरेबियाको सरकारी स्वामित्वको यस कम्पनीको यस्तो ‘आह्वान’ यही नोभेम्बर महिनाको १७ तारिखमा सुरु भई डिसेम्बर महिनाको ४ मा समाप्त हुनेछ। यस कम्पनीको सेयर मूल्य साउदी स्टक एक्सचेन्जको डिसेम्बर ५ को मूल्यमा हुनेछ। कम्पनीले डिसेम्बरको मध्यमा ती सेयर धितो बजारमा कारोबार हुने बताएको छ।
यो आह्वान इतिहासकै सबैभन्दा ठूलो हुनेछ। अराम्कोसँग ठूलो मात्रामा तेल भण्डारण र ठूलो कार्यक्षमता राख्दै आएको छ। यसले साउदी अरेबियामा राज गर्दै आएको छ। यो विश्वकै ठूलो कच्चा तेल निर्यात कम्पनी हो। कम्पनीका अनुसार यो वर्षको पहिलो नौ महिनामा नै ८६ अर्ब अमेरिकी डलर नाफा कमाइसककेको छ। यो नाफा २०१८ को यसै अवधिको नाफाभन्दा १८ प्रतिशतले कम हो। सन् २०१८ मा यस कम्पनीले १११ अर्ब अमेरिकी डलर नाफा गरेको थियो।
कम्पनीले कति सेयर सर्वसाधारणका लागि आह्वान गर्ने भन्ने आफ्नो विवरणमा खुलाएको छैन। उसले सर्वसाधारणका लागि कम्पनीको ०.५ प्रतिशत सेयर बिक्री गर्न लागेको हो। यो सेयर प्राप्त गर्नेले कम्पनीको साधारणसभाका भोट गर्ने अधिकारसमेत राख्नेछन्।
बहुप्रतीक्षित आईओको विस्तृत विवरणले तेलको मूल्यमा कमी ल्याउने, हावापानी र भूराजनीतिक जोखिम बढाउने अन्तर्रा्ष्ट्रिय लगानीकर्ताले सन्देह व्यक्त गरेका छन्। खबरअनुसार राजकुमार महोमद बिन सालहले अराम्को झन्डै २० अर्ब अमेरिकी डलर मूल्याङ्न गर्न खोजेका छन्। तर सुझाव कर्ताहरूले यसको मूल्य मात्र १० अर्ब अमेरिकी डलर हुने जनाएका छन्।