एजेन्सी– भारतको मध्य प्रेदशका एक अभिनेताले आफ्नी मोडल पत्नीलाई कुटपिट गरेका छन्।
अभिनेता कर्ण शास्त्रीले मोडल स्वाति मेहरालाई कानको जाली फुट्ने गरी कुटेपछि प्रहरीमा उजुरी परेको छ। पीडितले घरेलु हिंसा भएको उजुरी दिएकी छिन्। पीडित मोडलको अनुसार कर्ण शास्त्रीले दाइजोका लागि भन्दै घरेलु हिंसा गरेका हुन्।
उनले यो पहिलो पटक दुख दिएको नभई यसअघि पनि बारम्बार आफुलाई टचर दिएको दाबी गरेकी छिन्। भारतीय मिडियाले स्वातिले मुम्बईको एक प्रहरी चौकीमा उजुरी दर्ता गरेकी जानकारी दिएको छ। यता कर्णले भने आफूले स्वातिमाथि हात उठाएको आरोप अस्विकार गरेका छन्।
उनले आफूहरु अब एक साथ रहन नसक्ने अवस्थामै पुगेको तर घरेलु हिंसा भने नगरेको दाबी गरेका छन्। अब दुवै जनाले डिर्भोस नै गर्ने फैसला आपसी सहमतिमा नै गरेको उनको भनाई छ।
कर्णले दाबी गर्दै भनेका छन, ‘हामी सहमतिमा छुट्टिएका हौँ, तर अहिले उनले मेरो करिअर बरबाद गर्न शुरु गरिन, उनले मेरो मात्र होइन, परिवारको पनि बदनाम गर्न चाहन्छिन्।’