विराटनगर– सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागूऔषध तस्करी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर रानीबाट स१ब १४१० नम्बरको मोटरसाइकलमा लागूऔषध तस्करी गरेको आरोपमा सप्तरी राजविराज–२ राजदेब टोलका २६ वर्षी कपिल यादवलाई पक्राउ गरेको हो।
यादवका बुबा सरकारी सेवामा छन्। बुबाले प्रयोग गर्ने सरकारी मोटरसाइकल लिएर विराटनगर जोगवनी आएका यादवलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको हो। कपिलका बुबा डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन्। प्रहरीले यादवको साथबाट डाईजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल अवैध लागूऔषध बरामद गरेको हो। यादवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस