एजेन्सी– इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको ज्यान गएको छ।
शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो।
स्थानीय अधिकारीको अनुसार भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएका छन्। ती मध्ये गम्भीर घाइते भएका १३ जना अस्पतालमा उपचाररत छन्।
इरानको राजधानी तेहरानबाट चार सय किलोमिटर टाढा रहेको क्षेत्र मा भूकम्प गएको हो। अमेरिकी भौगोलिक सर्वेक्षण संस्था (यूएस जियोलोजिकल सर्भे)ले भूकम्पको केन्द्रविन्दुको गहिराई १० किलोमिटर रहेको जानकारी दिएको छ।
भूकम्प गएपश्चात ४० पटक भन्दा बढी पराकम्पन गएको थियो। भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्ने टोली परिचालन गरिएको छ। स्थानीय सञ्चारमाध्यमहरुले भूकम्पको केन्द्रविन्दु रहेको ठाँउका ३० वटा घरहरुमा क्षति भएको बताएको छ।