एजेन्सी– भारतीय कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धीको फोन ह्याक गरिएको दाबी गर्दै केन्द्र सरकारमाथि प्रश्न उठेको छ।
आइतवार भारतीय कांग्रेसको तर्फबाट पत्रकार सम्मेलन गर्दै मोबाइल ह्याक भएको र फोनमा ह्वाट्सएपले ह्याक भएको बताएको थियो। त्यस समय पार्टी महासचिव प्रियंका गान्धी वान्ड्राको पनि ह्वाट्सएपको माध्यमबाट यस्तो म्यासेज आएको थियो।
हालै फेसबुकको स्वामित्व वाला मेसेजिङ एप ह्वाट्एपले बताएको थियो कि इजरायलमा बनेको एक स्पाइवेयरबाट दुनियाभरका १ हजार ४ सय मानिसलाई निशाना बनाएको थियो जसमा भारतीय पत्रकार तथा मानवअधिकारकर्मी पनि थिए।
ह्वाट्सएपले ति मानिसलाई म्यासेज पठाएको थियो जसको फोन पेगासस नामको जासूसी सफ्टवेयरबाट ह्याक हुने आशंका छ। कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पनि ह्वाट्सएपले यस्तै खालको म्यासेज प्रियंका गान्धीलाई पठाएको जनाए।
उक्त सम्मेलनमा सुरजेवालाले केन्द्र सरकार र भारतीय जना पार्टीमाथि जासूसीको आरोप लगाए।