एजेन्सी– अमेरिकी विदेश विभागको तर्फबाट जारी एक रिपोर्टमा पाकिस्तान लश्कर–ए–तैयबा र जैश– ए– मोहम्मद जस्ता चरपन्थी संगठनको आर्थिक स्रोत रोक्न विफल रहेको बताइएको छ।
अमेरिकी विदेश विभागले संसदको प्रस्तावमा २०१८ का लागि तयार गरेको चरपन्थी क्रियाकलापमा आधारित वार्षिक रिपोर्टमा पाकिस्तान चरपन्थी संगठनको ‘फन्डिङ’ रोक्न विफल रहेको उल्लेख गरिएको हो।
यसअघि चरपन्थीलाई प्राप्त हुने वित्तिय सहयोगको निगरानी गर्ने एजेन्सी फाइनेन्सियल एक्शन टास्क फोर्सले पनि ठोस कारवाही गर्नका लागि पाकिस्तानलाई चार महिनाको समय दिएको थियो। हरेक वर्ष अमेरिकी विदेश मन्त्रालयले वैश्विक आतंकवादमाद माथि आफ्नो रिपोर्ट पेश गर्ने गरेको छ। यसमा विश्वभरमा घटेको चरम्पन्थी घटनाबारे उल्लखे हुने गरेको छ।
साथै यसका साथै कुन देश के गर्दै छ त्यसबारेमा पनि उल्लेख गरिएको छ। यस रिपोर्टको आधारमा अमेरिकी संसद यी देशलाई दिँदैआएको आर्थिक मदत पर फैसला लिने गर्छ।
रिपोर्टका अनुसार पाकिस्तानले दुई कुरा गरेको छ। एक त पाकिस्तानले आफ्नो जमिन माथि चलिरहेको चरपन्थी गुटका विरुद्धमा कारवाही गर्न असफल देखियो भने अर्को पाकिस्तानमा चरपन्थी संगठनका लागि खुले आम धन जुटाउने काम हुन्छ। त्यसलाई रोक्नका लागि पाकिस्तान सरकारले कुनै कदम उठाएको छैन।