एजेन्सी– अमेरिकामा अजिङ्गरमा बेरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। सर्प पाल्ने निकै सोक भएकी यि महिलाले १४० वटा सर्प पालेकी थिइन् ।अजिङ्गर करिब ८ फिट लामाे थियाे।
सर्प पाल्ने शौक भएकी अमेरिकाको इंडियाना राज्यकी ३६ वर्षीया लारा हस्र्टलाईहिलाले आफ्नो घरमा १४० सर्प पालेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएकाे छन्। बुधबार अचानक ती महिलाको शव फेला पर्यो।
स्थानीयले पुलिसलाई खबर गरे। द गार्जियनकाअनुसार पुलिस प्रवक्ता सर्जेन्ट किम राइलीले छिमेकीसँग पनि धेरै प्रकारका सर्प पालेको भेट्टिएको भन्दै घटना रहस्यमय बताएका छन्। लाराको शरीरमा बेरिएको अजिङ्गर उनका छिमेकीको रहेको पनि अनुसन्धानमा खुलेको छ।
प्रहरीले मृत्युको कारणका विषयमा अनुसन्धान भैरहेको जनाएको छ। अनुसन्धानको सुरुवातमा अजिङ्गरको आक्रमणबाट महिलाको मृत्यु भएको बताइए पनि कारण अन्य हुनेसक्ने आशंका गरिएको छ।