एजेन्सी–अमेरिकामा गत अक्टोबर महिना देखि मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ। गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन्।
सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख गरिएको छ।
अमेरिकाको बेरोजगारी दर बढेकै देखिएको छ। पछिल्लो विवरणका आधारमा ३.६ प्रतिशत बेरोजगारी दर बढेको देखिएको अधिकारीहरूले जनाएका छन्।