एजेन्सी– भारतको राजधानी दिल्लीमा वायु प्रदूषणस्तर बढेपछि अरबिन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरेको पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरिएको छ।
दीपावलीपछि दिल्लीको वायु निकै प्रदूषित बनेको छयहाँको वायुमा खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को मानकभन्दा २० गुणा बढि भेटिएको समाचारहरुमा जनाइएको छ। वायु प्रदूषणको कारण सर्वसाधारणले यतिबेला स्वास फेर्नसमेत कठिन भइरहेको छ। अस्पतालमा बिरामीको पनि उत्तिकै चाप बढिरहेको छ। वायु प्रदुशनको समस्यापछि त्यहाँको सर्वोच्च अदालतको एक प्यानलले दिल्ली र दुई छिमेकी राज्यहरूका केही काममा प्रतिबन्ध लगाउने आदेश दिएको छ।
यसअघि दिल्लीमा वायु प्रदूषणको मात्रा बढेपछि त्यसबाट विद्यार्थीहरूलाई जोगाउन विद्यालयमा मास्क वितरण गरिएका थियो। प्रदूषण दर घट्नुको साटो बढ्दै गएपछि यसपटक भने विद्यालय नै बन्द गर्ने निर्णय गरिएको छ। बीबीसी हिन्दीले दिल्लीका विद्यालयले ६ नोभेम्बरसम्मका लागि बन्द रहने सूचना जारी गरेका छन्।
त्यहाँको पर्यावरण प्रदूषण रोकथाम प्राधिकरण (ईपीएस) ले पनि ६ नोभेम्बरसम्मका लागि सबै नर्माण कार्यमा रोक लगाएको छ।