एजेन्सी–न्यूयोर्क्स्थित ट्रम्प टावरलाई छोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्थायी निवास फ्लोरिडालाई बनाउने भएका छन्।
उनले आफूले लाखौं डलर कर बापत तिरेपनि न्यूयोर्कका राजनीतिक नेताहरुले आफूमाथि नराम्रो व्यवहार गरेको जनाएका छन् ।
ट्रम्प न्यूयोर्कमा जन्मेकोमा उनले लामो समय पाल्म बिचको मार—ए—लोगो स्टेटमा बिताउँदै आएका थिए। राष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने न्यूयोर्कका स्टेट गभर्नर एन्ड्रयु कुमो र नगरका मेयर बिल डे ब्लासियो दुवै डेमोक्र्याट हुन्। दुवैले राष्ट्रपति फ्लोरिडा जाने कुराको स्वागत गरेका छन्। मार—ए—लोगो स्थित रिसोर्ट सन् १९८५ देखि ट्रम्पको स्वामित्वमा रहेको छ।