एजेन्सी– साउदी अरबको राजकुमार अलवालिड बिन तलाल कारको अत्यन्त शौखिन छन्। उनको ग्यारेजमा ५० वटा महँगा र सुन्दर कारहरु छन्।
हालै उनले हिराको कार किनेका छन्। जुन विश्वकै सबैभन्दा महँगो र सुन्दर मरसिडिज हो।
सो कार ३,००,००० वटा हिराले ढाकेर चम्काइएको छ। १३ जना एक्सपर्टले करिब २ हप्ता लाएर उक्त कारमा हिराको प्रयोग गरेका थिए।
यो कारलाई छुनको लागि मात्रै १ हजार डलर तिर्नुपर्छ।