खोटाङ–खोटाङमा छिमेकीको कोदालो प्रहारबाट १८ वर्षीय युवाको मृत्यु भएको छ। प्रहरीको अनुसार मृत्यु हुनेमा रुपाकोट मझुवागढी नगरपालिका–४ डाँडाखर्कका १८ वर्षीय विशाल भन्ने मिलन राई रहेका छन्।
छिमेकीको कोदालो प्रहारबाट मिलनको बुधबार राति मृत्यु भएको हो। सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मिलनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी खानिडाँडाबाट खटिएको प्रहरीले अनुसन्धानको लागि पवनलगायत ६ जनालाई नियन्त्रणमा लिएको छ।