धरान– इलाका प्रहरी कार्यलय धरानले आफ्नै ६ बर्षीय छोरी बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
भोजपुर जिल्ला घरभई हाल धरान उपमहानगरपालीका १७ मा डेरा गरी बस्ने बर्ष ३८का बुबालालाई आफ्नै ६ बर्षीय छोरी बलात्कार गरेको भनी श्रीमतीले उजुरीका गरेपछि इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
कार्तिक १३ गते दिउसो तरकारी किन्न निस्कीएको बेला मैका छोपी आफ्नै छोरीलाई बलात्कार गरेको भनी बालीकाकी आमा तथा काकाले प्रहरीलाई दिएको जानकारीका आधारमा पक्राउ गरेको कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले बताए।
उनले भने ’आमा तरकारी किनेर फर्कने क्रममा ६ वर्षीय छोरी र श्रीमानलाई नग्न अवस्थामा फेला पारेपछि पिडित बालिकाकी आमा र काकाले हामीलाई जानकारी गाएपछि हामीले पक्राउ गरेका हौ।
बालीकाको र अभियुक्त ३८ वर्षीय बाबुको स्वास्थ परीक्ष गरीनुका साथै जिल्ला अदालत सुनसरीबाट जवरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।