एजेन्सी–लेबनानका प्रधानमन्त्री साद अल हरिरीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
२ हप्तादेखि सरकार विरोधी प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री हरिरीले पदबाट राजीनामा दिएका हुन्।
हरिरीले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेका हुन।
आर्थिक अस्तव्यवस्ता, भ्रष्टाचार र गरिबीविरुद्ध भन्दै बिगत १४ दिन अघिदेखि लेबनानमा सरकारविरोधी प्रदर्शन भइरहेको थियो।