एजेन्सी– आइतवार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा तिहार मनाएका छन्।
आफूले दीपावली मनाएको भिडियो राष्ट्रपति ट्रम्पले ट्वीटरमा सार्वजनिक गरेका छन्।भिडियोमा उनले मैनवत्ती बालिरहेका छन्। ट्वीटमा उनले लेखेका छन्,‘दिवाली मनाउँदैछौं। म र मेलानिया प्रकाशको पर्व मनाउनेहरुलाई शुभकाममा दिन्छौं।’
एक आधिकारिक वक्तव्यमा ट्रम्पले भनेका छन्,‘संयुक्त राज्य अमेरिका तथा विश्व भरका कयौं हिन्दू, जैश, शिख र बुद्ध धर्मावलम्बिका लागि यो पवित्र अवधि अन्धकार माथि प्रकाशको जीत र असत्यमाथि सत्य र ज्ञानको जीतको अवसर हो।’
ट्रम्पले अमेरिकाको मूल मर्म नै धार्मिक स्वतन्त्रता भएको र दिवाली मनाउँदा त्यसको स्मरण हुने जनाएका छन्।
भिडियाेकाे लािग यहाँ किल्क गर्नुहाेस्