एजेन्सी– अष्ट्रेलिया भ्रमणमा रहेको श्रीलंकालाई अष्ट्रेलियाले पहिलो टी–२० क्रिकेटमा विशाल लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको हो।
अष्ट्रेलियाको पारीमा डेविन वार्नर र ग्नेन म्याक्सवेलले विष्फोटक ब्याटिङ गरे। वार्नरले शतक प्रहार गरेका थिए। उनले ५६ बलमा एक सय रन बनाए। उनले त्यस क्रममा १० चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै म्याक्सवेलले २८ बलको सामना गर्दै रन ६२ रनको अर्धशतीय पारी खेले। उनले ७ चौका र ३ छक्काको मद्धतमा रन बनाएका हुन्। अर्का ब्याट्सम्यान कप्तान आरोन फिन्चले ३६ बलमा ८ चौका र ३ छक्काको मद्धतमा ६४ रन बनाए।
श्रीलंकाको बलिङमा लक्षण सन्कदनले ४ ओभरमा ४१ रन खर्चिएर १ विकेट लिए दसुन शनाकाले १ विकेट लिए। अन्य कुनै बलरले विकेट हात पार्न सकेनन्। श्रीलंकाले केहि बेरमा जवाफि ब्याटिङ गर्नेछ। जितका लागि उसले २० ओभर र १० विकेटमा २ सय ३४ रन बनाउनु पर्नेछ।