एजेन्सी– उत्तर कोरियाका शासक किम जोङले दक्षिण कोरियाले निर्माण गरेको होटलहरु भत्काउन आदेश दिएका छन्। शासक किमले उत्तर कोरियाको एक प्रसिद्ध पर्यटकीय स्थलमा दक्षिण कोरियाले बनाएको होटललगाएत अन्य भवनहरु भत्काउन आदेश दिएको बीबीसीमा उल्लेख छ।
समाचारहरुमा लेखिएको अनुसार किमले माउन्ट कुमगाङमा रहेको कम्प्लेक्स ‘एक आपतकालिन क्षेत्रमा अस्थायी टेन्ट जस्तो’ छ। उक्त रिसोर्ट अन्तर कोरियाली सहकारितको प्रतिकको रुपमा बनाइएको थियो। तर किमले उक्त क्षेत्रको भ्रमणपछि सियोलको भागीदारी बिना यसको प्रबन्ध गर्नुपर्ने जानकारी दिएका छन्।
अघिलो समयमा जीवित रहन र सफल हुनका लागि किमले ‘आत्मनिर्भरता’ लाई प्राथमिकता दिनुपर्ने भनाई रहेको बीबीसीले बताएको छ। सन् १९९० मा दक्षिण कोरियाली कम्पनीले पूर्वी उत्तर कोरियामा माउन्ट कुमगाङ रिसोर्ट प्रायद्वीपको सुन्दर पहाडहरुमध्ये एकमा निर्माण गरेको थियो।
सयौं हजार दक्षिणी पर्यटकलाई उक्त क्षेत्रमा जाने अनुमती त थियो, तर कडा निगरानीकोबिच मात्र। उत्तर कोरियाली गार्डले सन् २००८ मा एक महिला पर्यटलाई गोली हानी मारेपछि उक्त क्षेत्र पर्यटकका लागि निषेध छ।