एजेन्सी– लुसाका जाम्बियाका कारागारमा रहेका २८३ जना कैदी बन्दीलाई क्षमादान गरिएको छ।
देशको ५५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति एड्गार लुङ्गुले बिहीबार उनीहरुलाई क्षमादानको घोषणा गर्नुभएको अधिकारीहरुले जनाएका छन्।गृह मन्त्रालयका स्टेफन काम्प्योङले कैदी बन्दीहरुमा सुधारका विभिन्न संकेतहरु देखिएपछि उनीहरुलाई आममाफी दिइएको बताए।
पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार आममाफी पाउनेमा २४५ जना पुरुष र ३८ जना महिला रहेका छन्।