एजेन्सी– दिल्ली उच्च अदालतले सामाजिक सञ्जाल फेसबुक, गुगल, युट्युब र ट्वीटरलाई योग गुरु रामदेवविरुद्धका भिडियोहरु हटाउन आदेश दिएको छ।
न्यायाधीश प्रतिभा एम सिंहको अनुसार भारतका प्रयोगकर्ताका लागि मात्रै त्यस्ता आपत्तिजनक भिडियो सामग्रीहरु हेर्न प्रतिबन्ध लगाउनु उचित नभएकाले विश्वभरबाटै प्रतिबन्धका लागि यस्तो आदेश दिइएकोे हो।
गत वर्ष सेप्टेम्बरमा अदालतले रामदेवसँग सम्बन्धित पुस्तकमा लेखिएका मानहानिजनक अंश हटाउन आदेश दिएको थियो।
सो पुस्तकका अंश सामाजिक सञ्जालमा धेरैले पोस्ट तथा सेयर गर्दै आएका छन्।