काठमाडाै- नेपालमा चीनको प्रभाव बढ्दै गएको र त्यससँगै शरणार्थीका गतिविधिमाथि पनि सरकारले निगरानी बढाएको एक अमेरिकी अधिकारीले बताएका छन्।
दक्षिण तथा मध्ये एसिया ब्युरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्लु वेल्सले मंगलबार अमेरिकी संसद्को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र मामिला उपसमितिमा उक्त कुरा बताएका हुन्।
‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न नदिनेलगायत तिब्बती समुदायका गतिविधिमाथि सरकारी पक्षबाट निगरानी बढाइएको छ,’ उपसमितिमा उनले भनिन् । यो यो समाचार आजको नागरिक दैनिकमा छ।