एजेन्सी– क्यानडाको सत्तामा प्रधानमन्त्री जस्टिन ट्रूडो दोस्रो कार्यालयकामा आउने तय भएको छ। तर यसपटक उनले अल्पमतको सरकार बनाउनु पर्ने छ।
चार वर्षअघि बहुमतको सरकारको नेतृत्व गरेको ट्रूडोको पार्टी सोमबार भएको चुनावको मतपरिणाम आउने क्रममा जारी यसपटक पनि सबैभन्दा ठूलो पार्टी बन्ने देखिएको छ। चार वर्ष अघिको तुलनामा कन्जरभेटिभ पार्टीले धेरै सिटमा जित निकाल्ने भएको छ। क्यानडाको हाउस अफ कमन्समा ३३८ सिट छ। बहुमतका लागि १७० सिट चाहिन्छ।
कम्तिमा १५६ सिटमा ट्रूडोको लिबरलले विजय हासिल गर्ने देखिन्छ। त्यस्तै कन्जरभेटिभ पार्टीले पनि कम्तिमा १२२ सिट आफ्नो पार्टीको नाम लिने अनुमान छ। ट्रूडोले देशबासीसँग भनेका छन्, ‘तपाईँहरुले जसलाई मत दिनु भएको भए पनि म तपाईँहरु सबैको प्रधानमन्त्री हुनेछु।’
उनले सम्बोधनमा भनेका छन्। ‘हामीले तपाईँहरुका लागि कडा मेहनतका साथ काम गर्ने छौँ। हाम्रो काम तपाईँहरुको परिवारका लागि हुनेछ।’ देशबासीले प्रगतिशील एजेण्डाको पक्षमा मत दिएको प्रधानमन्त्री ट्रूडोले बताएका छन्।
चार वर्षअघिको तुलनामा ट्रूडोको पार्टीले कम्तिमा २० सिट गुमाउने भएको छ। सन् २०१५ को चुनावमा ट्रूडोको पार्टीले १७७ तथा कन्जरभेटिभले ७७ सिटमा जित निकालेको थियो।
कन्जरभेटिभ पार्टीका नेता एन्ड्रयू स्कीरले आफ्ना समर्थकलाई धन्यबाद ब्यक्त गरेका छन्। आफ्नो पार्टीले राम्रो गरेको र लिबरल पार्टीले कम्तिमा २० सिट गुमाउनु प्रधानमन्त्री ट्रूडोका लागि नोटिस रहेको जनाएका छन्। उनले भने, ‘हामी पर्खाईमा रहेको सरकार हौँ।’