एजेन्सी– कङ्गोको राजधानीको शहर किन्सासामा सडक दुर्घटनामा हुदाँ ३० जनाको मृत्यु भएको छ।
अंगोलाको सीमा क्षेत्रीय कङ्गोली शहर लुफुतर्फबाट आइरहेको बस किन्सासा नजिकै दुर्घटनामा परेको थियो। सुरक्षा अधिकारीहरुको अनुसार बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हो।
दुर्घटनामा परेको सो बस सीमावर्ती शहर अंगोलाको लुफुबाट राष्ट्रिय राजमार्ग नम्बर १ किन्सासातर्फ जाँदै थियो। आइतबार रति करिब १ बजेतिर सो दुर्घटनामा भएको थियो।
बस म्बान्जा नगन्गुु गाउँनजिकै सडकमा आई दुर्घटनामा परेको र त्यसमा आगलागि समेत भएको थियो। अधिकारीहरुले सो बसमा यात्रुहरुका अतिरिक्त इन्धन र मदिरा समेत रहेको बताएका छन्।